जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १७:२१

बित्तीय साक्षरता कार्यक्रमले बनायो गृहिणीहरुलाई बैंकिङ कारोवारप्रति उत्साहित


भक्तपुर, जेठ ३२

गृहिणीहरुलाई लक्षित गरी सुयोग मिडिया हाउसले राजधानीमा बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा आयोजित कार्यक्रममा प्रशिक्षकहरुले बित्तीय साक्षरताको समग्र पाटोबारे गृहिणीहरुलाई जानकारी गराए ।

भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा आयोजित कार्यक्रममा सहभागीहरुलाई नेपाल राष्ट्र बैंकका मनोज केसी, सुयोग मिडिया हाउसका कार्यकारी निर्देशक उज्जवलजंग शाह, कृष्णप्रसाद भट्टराई र इश्वर निरौलाले बित्तीय साक्षरताको बिबिध पाटोमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा राष्ट्र बैंकका प्रतिनिधि केसीले नोटको जतन गर्ने तरिकादेखि बित्तिय अवस्थाबारे हुनैपर्ने जानकारीका बिषय राख्नुभएको थियो । उहाँले नोटलाई जतन गर्ने, जथाभावी केरमेट नगर्ने, नजिकको बैंकमा सम्पर्क गरी आफ्नो पुहँच स्थापित गर्ने र आफूले नबुझेको कुरा कुनै हिनताभाव नराखी जानकारी माग्ने जस्ता काम गर्न सुझाउनु भयो ।

यस्तै सुयोग मिडिया हाउसका कार्यकारी निर्देशक शाहले बचत गर्ने बानीको बिकाश गर्नैपर्ने आवश्यकता औल्याउनु भयो । ‘हामी सवैले बचत गर्ने बानी बसाल्नुपर्छ, बैंक खाता खोल्नुपर्छ, बैंकबाट कारोवार सुरु गरेपछि जीवनमा आफ्नो बचत रहिरहन्छ,’ शाहले भन्नुभयो । उहाँले झण्झट हुन्छ भनेर बैंक भन्दा बाहिरबाट कारोवार गर्दा थुप्रै मानिसहरु आफ्नो ब्यवसायमा सफल भएपनि डुवेको तथ्यांकसमेत राख्नुभयो । ‘बैंकङ कारोवार नै सवैका लागि सही नीति हो, यो कुरा हामीले आफ्नो जीवनमा लागू गर्नूपर्छ,’ उहाँको भनाई थियो ।

अर्का प्रशिक्षकद्वय भट्टराई र निरौलाले पनि झण्झट मानेर बैंकिङ च्यानलसम्म नपुग्ने मुर्खत ागर्न नहुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा सहभागीहरुले यो कार्यक्रमबाट आफूहरु धेरै लाभान्वित भएको बताउनु भयो । सहभागीहरुले बित्तिय साक्षरता कार्यक्रमबाट आफूहरुमा बैंकिङ कारोवार नै गर्नुपर्ने निचोडमा पुगको बताउनु भयो ।