काठमाडौँ , साउन ५ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोमा नेपाल मुस्लिम संघले स्वागत गरेको छ ।
संघका अध्यक्ष अब्दुल सत्तारले आफुहरुको मागलाई सरकारले सम्बोधन गरेको भन्दै मुस्लिम समुदायमाथी न्याय भएको बताउनुभयो ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।
संघले सरकार गठन भए लगत्तै गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापनपत्र बुझाउदै बिदाका लागि अनुरोध गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्