जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १४:३९

प्रदीप नेपालले पनि छाडे माधवको साथ, यस्तो छ घोषणा


काठमाडौं, साउन ५ । एमाले नेता एवं पूर्वमन्त्री प्रदीप नेपालले ‘बरिष्ठ नेता’ माधवकुमार नेपालको साथ छाडेको घोषणा गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको योजनाअनुसार पार्टीबिरुद्ध गम्भीर अपराध गर्न थालेपछि नेता नेपालले माधवको साथ छाडनु भएको हो ।

नेता नेपालले आज सामाजिक सञ्जालमा पनि १० बुँदे एकताको आधार नमान्नेलाई आफ्नो साथ र समर्थन नरहने घोषणा गर्नुभएको छ । ‘१० बुँदेलाई एकताको आधार मान्नेलाई समर्थनको सम्मान,’ पूर्वमन्त्रीसमेत रहनुभएका एमाले नेता प्रदीपले लेख्नुभएको छ । एमालेको बिवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गर्दै केन्द्रीय कमिटीबाटै कार्यान्वयन सुरु गर्नुभएको छ । तर माधवले भने दश बुँदे सहमति आफूलाई मान्य नहुने भन्दै अस्वीकार गर्नुभएको छ । प्रदीपको भनाई यसैतर्फ केन्द्रित रहेको हो ।

एमालेमा बिवाद मिलाउन अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा बिष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र बिष्णु रिमाल तथा माधवको तर्फबाट डा. भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र रघुजी पन्त रहेको १० सदस्यीय कार्यद लबनेको थियो । नेपालले आफैले बनाएको कार्यदलको सहमतिलाई अस्वीकार गरी शेरबहादुर देउवाको कित्तामा उभ्याएपछि कार्यदलका सदस्यहरुले माधवबिरुद्ध कठोर निर्णय लिनुभएको थियो ।

प्रदीपले पनि नेपालले बदमासी नै गरेको ठहरसहित १० बुँदेलाई एकताको आधार मान्नेलाई समर्थनको सम्मान भन्दै अध्यक्ष ओली नेतृत्वको नेकपा एमाले नै रहेको प्रष्ट पार्नुभएको छ । गत नवौं महाधिवेशनमा ओलीको तर्फबाट उपाध्यक्षको उम्मेद्वार बनेर पराजीत हुनुभएका प्रदीपलाई २०७७ पुस ५ गते भएको प्रतिनिधिसभा बिघटनपछि माधवले घरमै गएर माइन्यूटमा हस्ताक्षर गराई आफू निकट बनाउनु भएको थियो । माधवका लागि केन्द्रीय कमिटीको माइन्यूटमा हस्ताक्षर गरिदिनु भएका प्रदी तात्कालिन नेकपा बिभाजनपछि प्रचण्ड र माधव समुहको बैठकमा सहभागी नभए पनि माधव आफै प्रदीप निवास पुगेर हस्ताक्षर गराउनु भएको थियो ।