जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १५:३४

नेपाल चेम्बर अफ कमर्शले पायो पूर्णता


काठमाडौं, साउन ५

नेपाल चेम्बर अफ कमर्शले गठन गरेको उपभोक्ता हित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय समितिमा सदस्यहरु मनोनित हुनुभएको छ । चेम्बरका कार्यसमिति सदस्य देवेन्द्रभक्त श्रेष्ठको सभापतित्वमा सदस्यहरु मनोनित हुनुभएको हो ।

समितिको सल्लाहकारमा योगेन्द्र गौचन, सह–सभापतिमा प्रदिपलाल श्रेष्ठ तथा सदस्यहरुमा अमर वानिया, ओम प्रकाश वंशल, नरेश शाही, प्रेम वहादुर श्रेष्ठ, लवकुमार श्रेष्ठ, चन्द्रबहादुर थापा, राजमान डंगोल, प्रमोद गुप्ता, अनिल शर्मा, राजकुमार दाहाल, शुभेन्द्र जोशी, राकेशकुमार गुप्ता मनोनयन हुनुभएको हो ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले समितिमा मनोनयन हुनुभएको सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नुभयो । उहाँले समितिमा उपभोक्ता हित, आपूर्ति, स्थानिय निकाय तथा स्थानिय प्रशासन समन्वय क्षेत्रमा लामो अनुभव हासिल गरेकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको उपभोक्ता हित तथा आपूर्ति कार्यमा उल्लेखनिय भूमिका निर्वाह गर्ने अपेक्षा राख्नुभयो ।