जनता टाइम्स

६ श्रावण २०७८, बुधबार ०७:५६

एकाएक बढ्यो गगन थापाको माग, जताततै खोजी


काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको एउटा घोषणाको बिषयलाई लिएर कांग्रेसका युवा नेता गगन थापाको खोजी अभियाश सुरु भएको छ । प्रधानमन्त्री देउवाले एमाले नेताझलनाथ खनालको उपचार खर्च बेहोर्ने निर्णय सुनाउनु भएपछि युवाहले गगन थापाको खोजी अभियान थालेका हुन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अहिले भारतमा उपचार गराइ रहनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले खनालको स्वाथ्य उपचार खर्च बेहोर्ने जानकारी गराउँदा थापाले कुन कानूनमा टेकेर उपचार खर्च बेहोर्ने प्रधानमन्त्रीज्यू भन्दै थापा खनिनु भएको थियो ।

हेर्नाेस थापाको प्रश्न

उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो।यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ। तर पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन।

कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नैुुप्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैनूभन्ने संशोधन प्रस्ताव राखेँ। यो संशोधन संसदले स्विकार्दै बनेको कानून २०७५/६/२ गतेदेखि लागूभयो। कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन। प्रधानमन्त्रीज्यू अब भन्नुस् पूर्व प्रमको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?

कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले ढुक्कसँग उपचार गर्नाेस, सवै उपचार खर्च सरकारले बेहोर्छ भन्दै मंगलवार टेलिफानमै भन्नुभएको थियो । देउवाको सो भनाईपछि थापा चुपचाप बस्नुभएको छ । सोही कारण सामाजिक सञ्जालमा गगन थापाजी कता हराउनु भयो ? भन्दै प्रश्न गरिएको छ । झलनाथको उपचार खर्च सरकारले बेहोर्ने देउवाको घोषणाबारे गगन केही नबोलेपछि युवा संघका अध्यक्ष किरण पौडेलले लेख्नुभएको छ, गगनजी कता हराउनु भाको छ ? चर्को स्वर कता हराइराको छ ? दुई हप्ता पनि बितेको छैन नि तपाई कुर्लेको त ।अरुको आलोचना गर्नलाई चाहिं जे बोल्दा पनि हुने हो ?