काठमाडौं, साउन ६
आज शेयर कारोबार बन्द रहेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद परेकोले यस अवसरमा देशभर सार्वजनिक विदा दिने सरकारको निर्णयअनुसार शेयर कारोबार पनि बन्द रहेको हो । आज बकर ईद पर्व मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड मानिन्छ । यो पर्बलाई बकर इद अर्थात इद उल अज्हा पनि भनिन्छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने गरिन्छ ।
यस दिन इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगालगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिइन्छ ।
प्रतिक्रिया दिनुहोस्