जनता टाइम्स

१ असार २०७६, आईतवार १२:३०

‘इक्यान’ एजुकेशन फेयर २०१९ असार २६ देखी


काठमाडौं,

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) असार २६ गते देखि २९ गते सम्म १३ औं शैक्षिक मेला सञ्चालन हुने भएको छ ।

इक्यानले हरेक वर्ष गर्दै आएको मेला उच्च शिक्षा हासिल गर्ने अभिलाषा बोकेका विद्यार्थीहरुलाई सहयोग पुग्ने हिसाबले मेला गर्न लागेको जनाएको छ ।

नेपाल शैक्षिक परामर्श संघ नेपाली विद्यार्थी र वैदेशिक शिक्षाको बीच पुलको कार्य गर्दै आईरहेका शैक्षिक परामर्शदाताहरुको साझा संस्था हो ।