जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १७:५५

ओली सरकारद्धारा नियुक्त प्रदेश प्रमुख हटाएर लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ नियुक्त


काठमाडौं, साउन १२

सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

दुवैजना चितवन जिल्लाको हुनुहुन्छ । ओली सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।