जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १८:०८

नेपाल उद्योग परिसंघले चयन गर्यो ७ उपाध्यक्ष (नामसहित)


काठमाडौं, साउन १२

नेपाल उद्योग परिसंघ (सीएनआई) को १८औं वार्षिक साधारणभाबाट ३५ सदस्यीय राष्ट्रिय परिषद् चयन गरेको छ । उक्त परिषद्ले ७ जना उपाध्यक्ष चयन गरेको छ । सीएनआईको विधान अनुसार १ बर्षपछि यी ७ जना उपाध्यक्षहरुबाट नै एक जना वरिष्ठ उपाध्यक्ष चयन गरिने छ । बरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष बन्ने चलन छ ।

७ जना उपाध्यक्षहरुमा आर्ईएमई ग्रूपका प्रबन्ध निर्देशक हेमराज ढकाल, चौधरी ग्रूपका निर्वाण चौधरी, जाउलाखेल ग्रूपका राजबहादुर शाह, राजेश मेटल क्राफ्टका राजेश अग्रवाल, टेलिटकका रोहित गुप्ता, नेपाल आदर्श निर्माण कम्पनीका विरेन्द्रराज पाण्डे र चितन उद्योग एशोसिएसनको तर्फबाट कृष्ण अधिकारी उपाध्यक्षमा चयन भएका हुन् । परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल यसअघि नै चयन भइसक्नुभएको थियो ।