जनता टाइम्स

१२ श्रावण २०७८, मंगलवार १९:२६

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल


काठमाडौं, साउन १२

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गर्नुभएको थियो भने उहाँ अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा सक्रिय हुनुहुन्छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरेको छ ।