जनता टाइम्स

१ असार २०७६, आईतवार १३:२१

आन्तरिक स्रोतको दायरा बढाउने गरी गण्डकी प्रदेश सरकारको बजेट आउँदै


पोखरा,

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि आज बजेट प्रस्तुत गर्दै छ ।

सरकारले गत जेठ १४ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममाका आधारमा करीब ३२ अर्व काे  बजेट ल्याउने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, वन वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य, खेलकूद लगायत पक्षमा जोड दिएको छ ।

संघिय सरकारले राजस्व बाँडफाँडतर्फ ७ अर्ब ७० करोड रुपैयाँको सिलिङ प्रदेशलाई पठाएको छ । वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड रुपैयाँ अनुमानित विवरण पठाइएको थियो ।

आन्तरिक स्रोतको दायरा बढाउने गरी बजेट प्रस्तुत गर्ने सरकारको तयारी छ । क्षेत्राधिकार भित्र पर्ने विभिन्न स्रोतहरुमा कृषिबाहेकमा कर उठाउने योजना सरकारले प्रस्तुत गर्ने बजेटमार्फत सार्वजनिक बताइएको छ ।

प्रदेशले चालु आर्थिक वर्षमा २४ अर्बभन्दा माथिको बजेट ल्याएको थियो ।