जनता टाइम्स

१ असार २०७६, आईतवार १३:४३

प्रदेश १ को बजेट आज: ५० प्रतिशत बजेट विकास निर्माणमा


विराटनगर,

प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष ०७६÷७७ का लागि करिब ४२ अर्बको बजेट सार्वजनिक गर्ने गर्ने तयारी गरेको छ ।

प्रदेश सरकारले सार्बजनिक गर्ने बजेटमा बहुवर्षीय आयोजनाहरु प्राथमिकतामा छन् । सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएका आयोजनाकालागि बजेट विनियोजन गर्ने जनाएको छ । ।

प्रदेश सरकारले आगामी वर्ष कृषि आधुनिकीकरण, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।

आर्थिक मामिला मन्त्र िइन्द्र आङबोले विकास निर्माणमा झण्डै पचास प्रतिशत खर्च गरिने बताउनु भएको छ । उहाँले तीन बर्षदेखि पाँच बर्षसम्ममा निर्माण सम्पन्न गर्ने किसिमका विकास निर्माणमा बजेट केन्द्रित हुने बताउनु भयो ।