जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार १०:५५

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले लिए शपथ


काठमाडौं, साउन१४ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पद तथा गोपपिनताको शपथ लिनुभएको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका उपाध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । प्रधानमन्त्री देउवाले पौडेललाई शपथ खुवाएपछि आयोगका सदस्यद्वय रामकुमार फुयाँल र दिलबहादुर लिम्बुले पौडलबाट शपथ लिनुभएको थियो ।

शपथ कार्यक्रममा मन्त्री, प्रधानमन्त्री कार्यालयका कर्मचारी र योजना आयोगका सदस्य सहभागी हुनुहुन्थ्यो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई उपाध्यक्ष नियुक्त गरेको थियो । उपाध्यक्ष पौडेल प्रधानमन्त्री देउवाकी पत्नी डा. आरजु राणा देउवाको ब्यापारिक साझेदार हुनुहुन्छ ।