जनता टाइम्स

१४ श्रावण २०७८, बिहीबार ११:२४

अख्तियारले नियन्त्रणमा लियो दोधारा चाँदनी नगरपालिकाको कागजपत्र


कञ्चनपुर, साउन १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ ।

सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा बुधबार कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताउनुभयो ।

“आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उहाँले भन्नुभयो, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” योजनामा अनियमियता नभए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उहाँले बताउनुभयो ।