काठमाडौं, साउन १५ । टीभीएस मोटरसाइकल तथा स्कुटरको नयाँ मूल्य सार्वजनिक भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले टीभीएस मोटरसाइकल, स्कुटर, मोपेड तथा ईरिक्साको अधिकतम मूल्य सूची सार्वजनिक गरेको हो । टीभीएसले हाल १२ वटा मोडलका स्कुटर बिक्री गर्दै आइरहेको छ ।
टीभीएस मोटरसाइकलको शुरुवाती मूल्य १ लाख ८६ हजार ९०० र अधिकतम मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ छ । यस्तै कम्पनीले ८ मोडलका स्कुटर बिक्री गर्दै आइरहेको छ । टीभीएस स्कुटरको शुरुवाती मूल्य २ लाख ७ हजार ९०० र अधिकतम मूल्य २ लाख ७७ हजार ९०० रुपैयाँ तोकिएको छ ।
















प्रतिक्रिया दिनुहोस्