जनता टाइम्स

१ असार २०७६, आईतवार १५:५२

प्रदेश ५ बजेटः कृषी, भुमी व्यवस्था तथा सहकारीको क्षेत्रको लागि ४ अर्व ७ करोड विनियोजन


काठमाडौं,

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि आज बजेट प्रस्तुत गरेको छ ।

अर्थमन्त्रालय समेत सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नुभएको हो । ‘समृद्ध प्रदेश खुसी जनता’को नारालाई प्रथमिकता दिँदै बजेट ल्याइएको छ ।

स्थानिय तहको लागि वित्तिय समानिकरणको लागि ५ करोड विनियोजन गरिएको छ । ससर्त अनुदान तर्फ १ अर्व रुपैयाँ उपलब्ध गराउने उल्लेख गरिएको छ । स्थानिय तहको लागि १ अर्व विशेष अनुदन उपलब्ध गराइने छ ।

कृषी भुमी र सहकारीको लागि वित्तिय संस्था व्याज अनुदानको लागि १० कारोड रुपैयाँ विनियोजन गरिएको छ । कृषक संग विद्यार्थी कार्यक्रमको लागि पनि १० करोड विनियोजन गरिएको छ । चक्ला खेतीको लागि ५ करोड विनियोजन गरिएको छ ।

फलफुल उत्पादनको लागि २ लाख विरुवा रोप्नको लागि ६ कारेड विनियोजन गरिएको छ । नयाँ सित भण्डारणको लागि ३५ कारोड विनियोजन गरिएको छ । प्रगरिक खेतीको लागि कृषी पर्वद्धन गरिने उल्लेख गरिएको छ । घाँसेबालिको लागि ५ कारोड विनियोजन गरिएको छ । भेटनरी एम्बुलेन्स मार्फत विरामी पशुको उपचार गरिने उल्लेख गरिएको छ ।

कृषी, भुमी व्यवस्था तथा सहकारीको क्षेत्रको लागि ४ अर्व ७ करोड विनियोजन गरिएको छ ।संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा आन्तरिक स्रोतलाई समेटेर प्रदेश सरकारले बजेट ल्याएको हो ।

गतवर्ष भन्दा यसवर्ष संघीय सरकारबाट आउने तीन शिर्षकका बजेटको मात्रा आठ अर्ब १३ करोड बढी रहेको छ।

गत वर्ष २८ अर्ब १० करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि करिब ७ अर्ब वृद्धि गरेको छ। प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ।

त्यस्तै राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा सात अर्ब ७७ करोड चार लाख बजेट छ। प्रदेश सरकारले साढे ३ अर्ब हाराहारीको राजश्व संकलन गर्ने लक्ष्य राखेको छ। चालु आर्थिक वर्षको पुँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ। सो रकमसमेत गर्दा करिब ३५ अर्बको बजेट आउने देखिएको हो।