जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १२:५३

कलाकार राता मकैको ४० बिघा जग्गा कब्जा


चितवन, साउन १७ । कलाकार किरण केसी उर्फ राता मकैको माडीस्थित ४० बिघा जग्गा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले कब्जामा लिएको घोषणा गरेको छ । शनिबार दिउँसो १ बजे झण्डा गाडेर केसीको जग्गा कब्जा गरेको सो पार्टीले जनाएको छ ।

अभिनेता तथा फिल्म निर्माता केसीको कम्पनी ट्वान्टी–वान प्रालिले प्लटिङ गरेको जग्गालाई कब्जामा लिइएको सो पार्टीका चितवन जिल्ला अध्यक्ष कृष्ण सुनारले बताउनु भयो । माडी नगरपालिका–२ पौहारी (बरुवा बजारभन्दा केही परको गाउँ)को प्लटिङ जग्गालाई कब्जा गरिएको हो । प्लटिङ गरिएको उक्त जग्गा कुसुमखोलाका सुकुम्बासीले नपाउँदासम्म जग्गा कब्जामा रहने अध्यक्ष सुनारको भनाई छ ।

ट्वान्टी वान ग्रुपले सो जग्गा नगरपालिकासँगको मिलेमतोमा प्लटिङ गरेको आरोप संगठनले लगाउँदै आएको छ । ट्वान्टी वान ग्रुपले माडीको अयोध्यापुरीको अधिकांश जग्गामा प्लटिङ गरेको छ भने मकवानपुर र नवलपरासीमा पनि काम गरिरहेको बताइएको छ । केसी सहभागि भनिएको उक्त प्लटिङ कम्पनीमा अन्य केही कलाकारहरु पनि संलग्न रहेका छन ।