जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार ०७:४२

मन्त्री माग्दै देउवालाई भेट्न बालुवाटार पुग्ने माधव पक्षका ४ नेता को हुन ?


काठमाडौं, साउन १८ । काठमाडौ । नेकपा एमाले भित्रको विवाद समाधान नहुँदै माधव नेपाल पक्षका ४ नेता नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष मन्त्री बनाउन माग गर्दै पुगेको खुलेको छ । मन्त्री पद माग्दै बालुवाटार पुगेका नेपाल पक्षका ४ नेतालाई देउवाले हुँदैन भनेर फर्काउनुभएको छ । उहाँले माधव नेपालको स्वीकृती बिना आफुले एमालेका कसैलाई पनि मन्त्री नबनाउने जवाफ दिनुभएको हो ।

नेकपा माओवादीको स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो घटना भएको संकेत गर्नुभएको हो । देउवालाई विश्वासको मत दिने एमालेका ४ सांसदले मन्त्री बन्न भन्दै बालुवाटार पुगेका थिए ।मन्त्री बन्न बालुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार छौं भन्दै देउवा समक्ष पुगेका थिए । तर उनीहरुको प्रस्ताव देउवाले अस्वीकार गरेको प्रचण्डले माओवादी बैठकमा सुनाउनुभयो।साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरु मध्य केहिले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल सरकारमा सहभागि हुने नहुने दोधारमा हुनुहुन्छ ।

आइतवार सरकारमा सहभागी हुन भन्दै फकाउन कोटेश्वर स्थीत नेपाल निवास पुगेका प्रचण्डलाई पनि नेपालले सहभागी नहुने जवाफ दिएर पठाउनुभएको स्रोतले बताएको छ । उहाँले एमाले भित्रको विवाद समाधान उन्मुख भएको प्रचण्डलाई जवाफ दिनुभएको छ । नेपालको यस्तो जवाफ पाएपछि प्रचण्डले मन्त्री छनौटका लागि फेरी अर्को बैठक बस्नुपर्ने भन्दै व्रिफिगं गर्नुभएको थियो ।