जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १२:१७

एसपी दौडिन थालेपछि डिएसपीसहित सबै दौडिए


दाङ, १८ साउन । सधैं चनाखो रहनुपर्ने भएकोले शारीरिक रुपमा चुस्त र छरितो हुनुपर्ने नेपाल प्रहरीका कर्मचारीहरुमा मोटोपन बढ्दै गएकोप्रति संगठनभित्रै चासो र चिन्ता बढेको छ । प्रहरीहरुमा मोटोपनको समस्या देखिन थालेपछि जिल्ला प्रहरी कार्यालय दाङले शारीरिक व्यायम र दैनिक कसरतमा जोड दिएको छ ।

नयाँ प्रहरी प्रमुखका रुपमा आउनुभएका एसपी सुरेश काफ्लेले शारीरिक रूपमा मोटा देखिने प्रहरी जवानदेखि सबैलाई दैनिक दौडाउन सुरू गर्नुभएको हो । आफू दाङ आएको भोलिपल्टदेखि नै बिहान दैनिक रूपमा सबैलाई दौडाउन थालेको एसपी काफ्लेले बताउनुभयो । मोटा प्रहरी सबैलाई बिहानको दौड अनिवार्य गरिएको उहाँले बताउनुभयो ।

जिल्लाका बिभिन्न स्थानमा कार्यरत मोटा प्रहरीलाई जिल्ला झिकाएर दैनिक दौडाउने योजना रहेको एसपी काफ्लेले बताउनुभयो । दैनिक अभ्यासले फिट भएपछि ती प्रहरीलाई पुनः सम्बन्धित कार्य क्षेत्रमै खटाइने उहाँले जानकारी दिनुभयो । केही प्रहरीमा अस्वभाविक मोटोपन देखिएको जसले गर्दा राम्रोसँग हिँड्नपनि नसक्ने अवस्था रहेको एसपी काफ्लले बताउनुभयो । ‘जो आँफै राम्रोसँग हिड्न सक्दैनन्,उनीहरुलाई दौडाएर, पिटी खेलाएर फिट पार्ने मेरो योजना हो।’दाङ सरूवा भएर आएको दोस्रो दिनदेखि एसपी दौडिन थालेपछि डिएसपीलगायत सबै शारीरिक रूपमा ‘अनफिट’ प्रहरीहरू दौडिन र व्यायाम गर्न थालेका छन्।डिएसपी मुकुन्दप्रसाद रिजालले ड्यूट्टीमा रहेका प्रहरी बाहेक अरू सबै एक घन्टा दौडिन सुरू गरेको बताउनुभयो । ‘