जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १४:०७

देउवा समुहमै चरम बिवाद, पूर्णबहादुरले लामो हात गरेपछि पत्नी आरजु र बिमलेन्द्र समुह बन्यो उग्र


काठमाडौं, साउन १८ । नेपाली कांग्रेस सत्तासिन भएको महिना दिन पनि नपुग्दै पार्टीभित्र आन्तरिक विवाद चर्र्किएको छ । पार्टीभित्रको आन्तरिक विवाद प्रायः चर्किरहने कांग्रेसमा यसपटक भने बडो अनौठो रुपमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको गुटभित्रै यस्तो विवाद चुलिएको हो । बुढानिलकण्ठ स्रोतका अनुसार देउवा समुहभित्र बढदै गएको शक्तिको बिवादमा पत्नी आरजुदेखि बिमलेन्द्र निधि, र पूर्णबहादुर खडका समुहबीच निकै तिक्तता बढेको छ । देउवा निकट एक नेताले जनताटाइम्सलाई दिएको जानकारीअनुसार एकातिर देउवाले नियुक्त गरेका मन्त्रीहरुले कमाउ धन्दा शुरु गरिसकेका छन भने अर्कातर्फ सरकारमा पठाउने मन्त्रीका विषयमा पनि सो समुहमा विवाद चर्किएको छ ।

बिवाद बढेपछि कांग्रेसमा रहेका देउवा गुटका खास कार्यकर्तामा भने प्रधानमन्त्री तथा सभापति देउवा नै असफल हुने हुन कि भन्ने त्रास बढ्दै गएको छ । तर त्यो डर विपक्षी दलबाट भने होइन । अनि सत्तारुढ गठबन्धनको अर्काे दलबाट पनि यसरी डुब्ने या डुबाउने त्रास बढेको नभएर देउवा गुटकै कारण यस्तो त्रास बढ्न थालेको ती नेताले बताए ।अनपेक्षित रुपमा सरकारमा आउनुअघि पनि देउवामाथिको डर आफ्नै समुहबाट थियो । ती पात्र थिए विमलेन्द्र निधि । निधिले आफै पार्टी सभापति उठ्ने निर्णय गरेपछि आफ्नैले देउवालाई डुबाउने डर बढेको थियो । तर अहिले सत्तामा पुगेपछि भने आफ्नैभित्र अर्काे त्रास उब्जिएको छ सरकार सञ्चालन सम्बन्धी संयन्त्रका नाममा ।

देउवा समुहका अर्का नेताले दिएको जानकारीअनुसार गएको दुई वर्ष यतादेखि काँग्रेस सभापति देउवा पूर्णबहादुर खड्काको घेरामा परेकोमा धेरैलाई अप्ठ्यारो लागेको थियो । अहिले त्यो घेराले देउवालाई सपक्कै घेरेको छ । जब देउवाले खडकाबाहेक अरुले आफ्नो खड्को कटाउन सक्दैनन भन्ने लाग्यो, त्यस दिनबाट देउवा असफल हुने दिन शुरु भए भन्छन काँग्रेसीजनहरु । अघिल्लो वर्ष नै विमलेन्द्र निधिले पार्टी सभापतिमा आफू उठ्ने घोषणा गर्ने बनाएको पनि खड्काले नै हो । देउवाको विपक्षमा लाग्ने बारेमा सोच्न पनि नसक्ने अवस्थामा रहेका निधिलाई देउवाबाट भड्काउने खड्का नै रहेको ती नेताको भनाई छ ।

अहिले फेरि सरकार सञ्चालनका लागि सहयोग गर्ने एक साझा कार्यदल निर्माणको कुरा शुरु भयो तर त्यसको विरोधमा हुनुहुन्थ्यो पत्नी आरजु । आफू मन्त्री बन्न र सरकारमा जान नमिल्ने भएपछि खड्काले नै यो रणनीति रचेर आफू संयन्त्रको संयोजक नै बस्नुभएपछि बिवाद चुलिएको छ । । स्रोतका अनुसार पत्नी आरजु पनि देउवाले खड्कालाई लामो हात दिएकोमा निकै असन्तुष्ट हुनुहुन्छ । उहाँसँग यो सरकार सञ्चालनका लागि विनोद चौधरीसहितका व्यापारीको समूह छ, जसका एक सदस्य हुनुहुन्छ उमेश श्रेष्ठ । श्रेष्ठलाई आरजुको जिद्दीको कारण देउवाले मन्त्री बनाइसक्नु भएको छ ।

स्रोतका अनुसार गएको वर्ष आरजु औषधि उपचारको लागि कहिले बेलायत र कहिले जापानमै बिताउनु पर्यो । त्यतिबेला पूर्णबहादुरले देउवाको ब्रेन वास गरिसकेको र अहिले प्रधानमन्त्री देउवा खड्काबाहेक अरुको कुरा नसुन्ने अवस्थामा पुगेको स्रोतको भनाई छ । यस्तो महामारीको मध्यमा बनेको सरकारमा काँग्रेसले स्वास्थ्यमन्त्री नियुक्त नगरेर अहिले निकै आलोचना खेपेको छ । देउवा गगन थापालाई शुरुमै स्वास्थ्यमन्त्री नियुक्त गर्न चाहनु हुन्थ्यो । तर खड्काले त्यसो हुन दिनुभएन । खड्काले आफू निकटलाई बनाउन चाहेको सूचना पाएलगत्तै आरजुले श्रेष्ठलाई मन्त्री बनाउन बाध्य पारेको चर्चा बालुवाटारमा छ । जस्को विरोध खड्काले सार्वजनिक रुपमै गर्नुभएको छ । सरकार सञ्चालनका लागि बनेको आफ्नो अत्यन्तै निकट व्यक्तिले नै प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दा सार्वजनिक रुपमै विरोध गरेपछि प्रमुख सत्तारुढ दलभित्रको विवाद कहाँसम्म पुगेको छ भन्ने बारेमा धेरै खोजी गरिरहनु पर्दैन ।

खड्काकै सल्लाहमा देउवाले मन्त्रीमण्डलमा क्षेत्री ठकुरीको जमघट पारेको विषयमा शुरुमै विवाद आएको थियो । उता बालकृष्ण खाँडले महाधिवेशनका लागि अहिले नै पत्नीमार्फत प्रहरी प्रशासनबाट उठाउन थालेपछि त्यसले आरजुको टाउको दुखाइसकेको छ । खाँण पत्नीले नै प्रहरीका हाकिमहरुसँग डिल गर्न थालेको सुइँको बुढानिलकण्ठसम्म पुगिसकेको छ । तर खाँणलाई यता खड्काको भने आशिर्वाद रहेको छ । यसकारण पनि काँग्रेसीजनमा सभापति देउवा आफ्नै समुहका कारण असफल हुनसक्ने त्रास बढाएको छ ।

देउवा डुबे भने त्यसको प्रमुख भागिदार खड्का नै हुन भन्ने निष्कर्षमा यतिखेर देउवाका सहयोगी र निकटवर्तीहरु पुगेका छन । खडका अहिले विहानदेखि रातिसम्म नै बालुवाटारमै बिताउने गर्नुभएको छ । यहाँसम्म कि सरकार सञ्चालनको कार्यदलको बैठक पनि बालुवाटारमै राख्ने गर्नुभएको छ । खडकाले यसो गर्नुको कारण सरकारलाई सहयोग गर्न नभएर देउवासम्म पार्टीका अरु को नेता पुग्छन र आफ्ना विरुद्धमा कुरा लाउँछन भनेरै हो ।