जनता टाइम्स

१८ श्रावण २०७८, सोमबार १४:०२

कुमारी इक्विटी फण्डको लाभांश घोषणा


काठमाडौं, साउन १८ । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी क्यापिटलको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार कुमारी इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यो योजना कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित छ ।