जनता टाइम्स

१९ श्रावण २०७८, मंगलवार १०:०९

२२ दिनमा देउवा सरकारको २० काण्ड, हेर्नोस सूची


काठमाडौं, साउन १९ । सर्वाेच्च अदालतको परमादेश धाराबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २२ दिन पुगेको छ । २२ दिनसम्म प्रधानमन्त्री देउवा मन्त्रिपरिषदलाई पुर्णता दिन मात्र होइन, बिस्तार गर्नसमेत सक्नुभएको छैन । सरकार बिस्तार गर्न नसके पनि यस अवधीमै देउवा सरकारले एक दर्जन भन्दा बढी काण्ड घटनाएको छ । सर्वोच्च अदालतको परमादेश धाराअनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले २२ दिनमा जनताको पक्षमा एउटा पनि निर्णय गर्नुभएको पाइएको छैन भने जनताबिरोधी काम भने डेढ दर्जन पुगेका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रा काम उल्ट्याएर देउवाले भकाभक नराम्रा कामलाई भने निरन्तरता दिनुभएको हो । देउवाले सरकार सम्हालेलगत्तै सार्वजनिक यातायातको भाडा बढाएर जनतालाई सुशासनको नमुना दिएको छ । जसलाई पहिलो काण्डको रुपमा राखिएको छ ।

प्रधानमन्त्री देउवाले यो समयभित्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरेपनि नेपालको चुच्चे नक्साबारे चूसम्म नबोलेको पाइएको छ । भारतीय प्रधानमन्त्री मोदीसँगको टेलिफोन संवादमा देउवाले चुच्चे नक्साबारे कुराकानी गरेको जानकारी स्वयं प्रधानमन्त्रीको निजी सचिवालयले नदिएको हो । यस्तै भाारतीय सीमा सुरक्षा बल (एसएसवी) ले तुइन काटिदिएर महाकालीमा नेपाली युवा बेपत्ता बनाउँदासमेत सरकार बोलनमिल्दैन भन्दै बसेको छ । यो देशमाथिकै गद्धारीको रुपमा लिइएको अर्काे काण्ड हो । जनताटाइम्सले अहिलेसम्म फेला पारेको तथ्यका आधारमा देउवा सरकारले घटाएको काण्डलाई यहाँ राखेको छ ।

यी हुन २२ दिनका २० काण्ड

१. सार्वजनिक सवारीको भाडादरमा २८ देखि ३५ प्रतिशतले बृद्धि ।

२. बालुवाटार जग्गा काण्डका अभियुक्त बिजयकुमार गच्छद्धारलाई १० करोड माग दावी गरिएकोमा १० लाख धरौटीमा रिहा । देउवा आफै बालुवाटार काण्डमा संलग्न ।

३. बिश्वासको मत दिने जसपाका सांसदलाई फ्ल्याट र नगद उपहार ।

४. मापदण्डबिपरित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई शानका लागि डिएसपीको कमाण्डमा सुरक्षाकर्मी बृद्धि ।

५. कानूनबिपरित पूर्वप्रधानमन्त्री झलनाथ खनालको भारतमा गरिएको उपचारको सम्पुर्ण खर्च बेहोर्ने निर्णय । खनालको उपचारमा खटिएकाहरुको खर्चसमेत सरकारबाटै भुक्तानीको ब्यवस्था ।

६. पदाधिकारी कोटामा बामदेव गौतमकी पत्नी तुलसा गौतमलाई थाहै नभएको खेलको म्यानेजर बनाएर जापानमा घुमघामको ब्यवस्था ।

७. सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमा ढिलाई । ओलीले गरेको काम किन उदघाटन गर्ने भन्दै प्रधानमन्त्रीकै कारण ढिलाइ ।

८. जग्गा पाउने अवस्थामा पुगेका भूमिहीन सुकुम्वासीमाथि बज्रप्रहार, लालपुर्जा बितरणमा अवरोध ।

९. बलात्कार आरोपी ससुराली खलकका एसएसपी शौरभ राणालाई डिआइजीमा बढुवा ।

१०. कोरोना खोपको चरम दुरुपयोग, जनतालाई शास्ती, आफ्ना कार्यकर्तालाई चिया पसलमै कोरोना खोप ।

११. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन बार्तामा चुच्चे नक्साबारे मौन ।

१२. अर्थमन्त्री जनार्दन शर्माद्वारा नेपाल सरकारका सचिवलाई सार्वजनिक रुपमै धम्की, कानून होइन, आफ्नो आदेश नमाने ठीक नहुने चेतावनी ।

१३. केन्द्रीय कोभिड अस्पतालका प्रमुख डा. जागेश्वर गौतमलाई हुकुमी शैलीमा सरुवा, माफियाको पक्षमा सरकार उभिएको प्रष्ट सन्देश ।

१४. महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटेर दार्चुलाका ३३ बर्षीय जयसिंह धामी बेपत्ता बनाउँदा भारतका लागि कम्फर्टेवल बन्दै एसएसबीकै बचाउ ।

१५. जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै कोरोना खोप भण्डारमै, ओली सरकारले ल्याइदिएको खोप पनि सकेन गर्न ब्यवस्थापन ।
सरकारी सञ्चार माध्यममा श्रमजीवि पत्रकार निकाल्ने काम सुरु, गोरखापत्र दैनिकमा नांगो हस्तक्षेप ।

१६. स्वास्थ्य मन्त्रालयको जिम्मा अस्पताल र कलेज सञ्चालकलाई ।

१७. गृहमन्त्रीको आदेशको भरमा एआइजीको सरुवा कार्यान्वयनमा अवरोध, न निर्णय परिवर्तन, न कार्यान्वयन ।

१८. प्रहरीको सरुवा बढुवामा पत्नीको असुली धन्दा, एआइजीदेखि जवानसम्मको सरुवा बढुवामा मोलमोलाई ।

१९. सिन्धुपाल्चोकका बाढीपीडितप्रति बेवस्ता ।

२०. बालुवाटारको सरकारी जग्गा हडप्नेलाई संरक्षण, सवै जग्गा भूमाफियाकै कब्जामा पुर्याउने रणनीति ।