जनता टाइम्स

२० श्रावण २०७८, बुधबार ०८:२२

पूर्वमन्त्री झाले कुटे रेलका कर्मचारी


जनकपुर, साउन २० । पूर्वमन्त्री रामचन्द्र झाले नेपाल रेल्वे कम्पनीको जनकपुरमा रहेको कार्यालयमा गएर कर्मचारीलाई कुटपीट गर्नुभएको छ । उहाँले कार्यालयमा अनियमितता भएको भन्दै अराजकहरुको समूह लिएर कार्यालयमै गएर कर्मचारी माथि कुटपीट गरेको पीडिले कर्मचारीले बताउनुभयो ।

उहाँले कसरी रेल्वे चलाउँदो रहेछौँ हेर्छु भन्दै कार्यालयमा काम गरिरहेका कर्मचारीलाई धम्क्याउनै कुटेको कार्यालयका एक कर्मचारीले बताउनुभयो । झाले गरेको दुर्व्यवहार उल्लेख गर्दै जनकपुरमा कार्यरत १२ जना कर्मचारीले केन्द्रमा उजुरी समेत गरेका छन्। उजुरीमा कार्यालयमा आएर अपशब्द प्रयोग गर्दै कर्मचारीलाई कुटपिट गरेको उल्लेख गरिएको छ छ। उनीहरूले झामाथि कारबाहीको माग समेत गरेका छन्।