जनता टाइम्स

२० श्रावण २०७८, बुधबार ०८:४३

सुदूरपश्चिम बाहेक सवै प्रदेशमा ठूलो वर्षाको सम्भावना, यी ठाउँमा छ खतरा


काठमाडौं, साउन २० । आज देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका प्रदेशका केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी, प्रदेश १ र २ का केही ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ ।

अहिले प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा पानी परिरहेको छ । भोलि भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।मौसमविद्ले अबको केही दिन देशका धेरै ठाउँमा हल्कादेखि मध्यमखालको वर्षा हुने बताएका छन् । यतिबेला देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।