काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गुठी विधेयकका कारणले साम्प्रदायीक सद्भावमाथी धावा बोल्ने काम भएको बताउनु भएको छ । उहाले यो विधेयकका विषयमा बुझाउनेले बुझाउन र बुझ्नेले पनि बुझ्न नसकेको उल्लेख गर्नुभयो ।
सामाजिक सञ्जालबाट उहाले यसलाई तत्कालका लागि स्थगित गरी नयाँ शिराबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न कोशिस नै गरेनन् । आगोमा रोटी सेक्न अबान्छीत पनि मिसिए र साम्प्रदायीक सद्भाबमाथि धावा बोल्न थाले ।’ उहाले अगाडी भन्नुभएको छ,‘प्रधानमन्त्री स्वदेश फर्कनु भयो । अब यो बिधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला प्रधानमन्त्रीज्यू ।’
प्रतिक्रिया दिनुहोस्