जनता टाइम्स

२० श्रावण २०७८, बुधबार १३:३८

माधवलाई ठूलो झड्का : पार्टी फुटाउन साँक्षी नबस्ने भन्दै नेताहरुले गरे बैठकमा आउनै अस्वीकार


काठमाडौं, साउन २० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ठूलो झडका लागेका छ । प्रचण्डसँगको सल्लाह बमोजिम आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर पार्टी बिभाजनको तयारीमा लाग्नुभएका नेपाललाई बिभाजनको पक्षमा नजाने भन्दै नेताहरुले बैठकमा आउनै अस्वीकार गरेका छन ।

एमाले केन्द्रीय कमिटीमा ४० प्रतिशत हाराहारी रहेको नेपाल समूहका अधिकांश केन्द्रीय सदस्यहरुले फुटको साक्षी बस्न नसक्ने भन्दै बैठकमा आउन अस्वीकार गर्नुभएको हो । नेताहरुले बुधबार बिहान ११ बजे बोलाइएको बैठकका एजेन्डा माग गरेपछि नेपालले एकाएक भोलिसम्मका लागि बैठक रोक्नुभएको छ । स्थायी कमिटीका नेताहरुले माधव बिभाजनतिर लागेको बताएपछि केन्द्रीय सदस्यहरुले बैठकको एजेण्डा मागेका थिए ।

स्थायी कमिटीमा बेदुराम भूसाल र मुकुन्द न्यौपानेबाहेक सबै नेताहरु एकतामा ढिला गर्न नहुने अडानमा रहनुभएको थियो । नेपालसहित तीन नेता मात्रै अलग पार्टीको पक्षमा रहेपछि पार्टी फुटाउन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । तर केन्द्रीय कमिटीमा पनि नेपाल एक दर्जनमै सिमित हुने अवस्था आइपुगेको छ ।