जनता टाइम्स

१ असार २०७६, आईतवार १६:५३

सुरक्षा नभएको भन्दै डडेल्धुरा अस्पतालका सबै डाक्टर बिदामा


डडेलधुरा, असार १

अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै डडेल्धुरा अस्पतालका सबै डाक्टर बिदामा बस्नुभएको छ । अस्पतालमा कार्यरत ११ जना डाक्टरले सुरक्षाको कारण देखाउँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेललाई बिदामा बस्ने पत्र बुझाउनुभएको हो ।

पत्रमा डाक्टरहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साट्टो उल्टो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उल्लेख छ । अस्पतालमा हुलदंगा गर्नेलाई कारबाहीको दायारामा नल्याएसम्म काममा फर्कने वातावरण नभएको कुरा पनि पत्रमा उल्लेख छ।

अस्पतालमा उपचाररत एक सुत्केरीको मृत्युपछि अस्पतालमा आक्रमण भएको थियो । मृतकका आफन्त र अन्य समूहले अस्पताल परिसरमा मात्र नभई सडकमा पुगेर टायर बाल्नेदेखि नाराबाजी समेत गरेका थिए ।