जनता टाइम्स

२१ श्रावण २०७८, बिहीबार १६:४७

१६ अंकले घट्यो नेप्से, कुन समुहको कस्तो छ कारोवार ?


काठमाडौं, साउन २१ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेर ३१०७.४५ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.५१ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.६४ अंकले बढेर ५७९ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समुह र विकास बैंक समुह बाहेक सबै समुह राताम्मे भएको छ । आज सबैभन्दा बढि विकास बैंक समुहका लगानिकर्ताले कमाएक छन विकास बैंक समुह १०८.६९ अंकले बढेको छ भने बैंकिङ समुह ०.१२ अंकले बढेको हो । त्यसैगरी आज सबैभन्दा बढि हाईड्रोपावरका लगानिकर्ताले गुमाएका छन ।

आज हाईड्रोपावर समुह ७६.२४ अंकले ओरालो लागेको छ । माईक्रोफाइनजान्स समुह ३४.८२ जिवन विमा समुह ५३.१७ उत्पादन समुह ९०.८२ निर्जिवन विमा समुह ४९.९७ व्यापार समुह ४५.२७ होटल टुरीजम समुह ४३.५८ अंकले घटेको छ ।