काठमाडौं, साउन २१ । लुम्बिनी प्रदेशसभाकी सदस्य बिमला खत्री ओली अहिले सञ्चारमाध्यममा निकै चर्चाको विषय बन्नु भएको छ । उहाँ यसरी संचारमाध्यमा चर्चित हुनका कारण कुनै राम्रो काम गरेरचाहिँ होइन । उहाँ नाम होस् या बदनाम जेसुकै गरेर भए पनि पद र प्रतिष्ठा प्राप्त गर्ने लक्ष्यअनुरुप अगाडि बढ्पछि अहिले चर्चामा हुनुभएको हो ।
राजनीतिक रुपमा आफ्नो स्वार्थ अनुकुल बारम्बार बोली फेर्नु र भने अनुसारको पद नपाउँदा राजनीतिक पार्टीहरूलाई गम्भीर आरोप लगाएर भए पनि उहाँ चर्चामा आउने गर्नुभएको छ । पछिल्लोपटक आज मात्रै लुम्बिनीका मुख्यमन्त्री तथा लुम्बिनी एमालेलाई विभिन्न आरोप लगाएर उनी थप चर्चाको पात्र बन्नुभएको छ । तर, उहाँको आफ्नो राजनीतिक शैलीले आफैंलाई पूर्णतः अविश्वास र घात गरिरहेकोप्रति भने उहाँ कत्ति पनि सचेत नभएको घटनाक्रमहरूले देखाइरहेको छ । तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’मार्फत दाङ क्षेत्र नं. ३ (ख) बाट निर्वाचित बिमला नेकपाको एकता बदरसँगै लामो समयसम्म नेकपा एमालेमा रहनुभयो । त्यसपछि एमालेको संसदीय दलमा आफूले गरेको हस्ताक्षर लत्याउँदै नेकपा माओवादीमा प्रवेश गर्नुभएको थियो ।
तर, त्यसयता उहाँले कहिले एमालेमा प्रवेश गरेको त कहिले नेकपा माओवादीमै फर्किएकोजस्ता विज्ञप्तिहरू बारम्बार जारी गरेर पार्टी फेरबदल गरिरहुनभएको छ । त्यसैको पछिल्लो श्रृङ्खलास्वरुप उनले आज आफू पुनः आमोवादी केन्द्रमै रहेको विज्ञप्ती जारी गर्नुभएको छ । जुन विज्ञप्ती आउनु अघि उहाँ आफैले हस्ताक्षर गरेर आफू नेकपा एमालेमा रहेको बताउनुभएको थियो । त्यसको तीन दिन पनि बित्न नपाउँदै उनले आज बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमालेले ‘अपहरण’ गरेर ‘बन्धक’ बनाएको आरोप लगाउँदै भागेर ‘बन्धकमुक्त’ भएको दावी गर्नुभएको छ ।
तर, उहाँको त्यो विज्ञप्तीको नेकपा एमाले लुम्बिनी प्रदेशका सचेतक भूमिश्वर ढकालले तत्काल खण्डन गर्नुभएको छ । उहाँले विगत ५ दिनयता जेजति गतिविधि भएका छन् ती सबै बिमला ओलीको सहमतिमै भएको बताउनुभएको छ । उहाँकै सहमतिमा दाङबाट बुटवल ल्याएर आफूहरूले मुख्यमन्त्री शंकर पोखरेललाई भेटाइदिएको ढकालको दाबी छ । दाङबाट आफूहरुले उनलाई बुटवल ल्याएको स्वीकार गर्दै ढकालले अपहरण वा बन्धक नबनाएको जिकिर गर्नुभएको छ । सांसद ओली मात्र नभइ दाङबाट बुटवल आउँदा उहाँका परिवार र आफन्तहरूसमेत बुटवल आएकाले उहाँको सम्पूर्ण आरोप झूट र राजनीतिक ‘स्टन्ट’ भएको ढकालको दाबी छ । आफूहरूमाथि लागेको सम्पूर्ण आरोपको खण्डन गर्न आफूहरुले बिमलाका आफन्त तथा परिवारसहित पत्रकार सम्मेलन गर्ने प्रयासमा रहेको प्रतिक्रिया उहाँले दिनुभएको छ ।
त्यसपछि उहाँको राजनीतिक चरित्र थप उजागर हुने लुम्वेनी प्रदेशका एमालेका एक सदस्यले बताउनुभयो । एउटा सचेत नागरिक र जनप्रतिनिधीले यसरी दिन दिनै नयाँ नयाँ झुट बोल्दै जानुभएको छ भने आम नागरिकले उहाँबाट कस्तो राजनैतिक संस्कार सिक्नेहुन उहाँले बुझन आवश्यक रहेको उक्त सदस्यले भन्नुभयो ।
२०७५ सालको माघ २४ गते दाङको घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका सांसद उत्तर कुमार ओलीको उपचारकै क्रममा फागुन १० गते काठमाडौंको मेडसिटी अस्पतालमा निधन भएको थियो । उनको निधनपछि रिक्त प्रदेशसभा सदस्यका लागि उनकी धर्मपत्नी बिमला ओली उम्मेदवार बन्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएर बनेको तत्कालीन नेकपाको बलमा निर्वाचनमा विजयी भएपछि अहिले कहिले कुन पार्टी त कहिले कुन पार्टी भन्दै बोली फेर्दै आउनुभएको छ । यसले उहाँ पद कता पाइन्छ त्यतै लागिहाल्ने सांसदको रुपमा समेत चित्रित हुन थाल्नुभएको छ ।संघीय सत्तासँगै लुम्बिनीको सत्ता समेत कांग्रेस–माओवादीको गठबन्धनले हडप्ने भएपछि उहाँ पुनः माओवादी फर्किएको विश्लेषण गरिएको छ ।
ढकालको प्रतिक्रिया यस्तो छ–
विमला जीलाई दाङका पार्टीका साथीहरुले लोकल्ली हाम्रो पार्टीमा आउनुस् भन्नु भएको थियो । त्यसो भए भूमिश्वरजीलाई बोलाइदिनुस् भन्नुभएछ । मलाई बोलाएपछि म उहाँको घरमा गएँ । घरमा उहाँसँग, उहाँको आमासँग कुरा गरियो । त्यसपछि उहाँले त्यसो भए मुख्यमन्त्रीलाई भेटेर कुरा गर्छु भन्नुभयो ।अनि हामी बुटवल जान भनेर हिंड्यौं । बुटवल आउने बेला हाम्रो गाडीमा उहाँमात्रै हुनुहुन्थेन । उहाँको आमा र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । इमिलिया पुगेर खाना खायौं । त्यसपछि बुटवलतर्फ लाग्यौं ।
उहाँलाई जबर्जस्ती ल्याइएको होइन । उहाँ बोल्नै नसक्ने बच्चा होर जबर्जस्ती उठाएर ल्याउनलाई रु घरपरिवार समेतको सल्लाहमा, सहमतिमा, नयाँ कपडा लगाएर, झोला भिरेर हिंड्नु भएको थियो ।हामीले मुख्यमन्त्री निवासमा पुर्याऔं । राजीखुसीले विज्ञप्ति बनाउनुभयो र हस्ताक्षर गर्नुभयो । सभामुखलाई र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाममा पनि चिठी लेखेर हस्ताक्षर गर्नुभयो ।मुख्यमन्त्रीको निवासमा बसेर सबै कुरा मिलिसकेपछि उहाँलाई होटलमा बसौं भन्ने कुरा भयो । तर उहाँले होइन, होटलमा किन बस्नुपर्यो र यहिं बस्छु, उहाँ ९मुख्यमन्त्री शंकर पोखरेल० हाम्रो अभिभावक हो, दाङकै नेता हो भन्नुभयो ।हामीले यहाँ बस्दा अप्ठ्यारो लाग्ला भनेर सरस्वती जीलाई सँगै राखेको हो । सरस्वती जी पनि दाङकै नेता हो, माननीय हो । मुख्यमन्त्रीको निवासमा आउने, बस्ने गर्नुहुन्छ । उहाँले आज गरेको पत्रकार सम्मेलनमा भनेका कुराको जवाफ हामीले पनि पत्रकार सम्मेलन गरेरै दिन्छौं ।













प्रतिक्रिया दिनुहोस्