जनता टाइम्स

१ असार २०७६, आईतवार १७:२६

गण्डकी प्रदेशकाे ३२ अर्ब १३ करोडको बजेट


पोखरा ,

गण्डकी प्रदेशकाे ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गर्नुभएको छ ।

चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रममा पर्यटन, उर्जा, कृषि, उद्योग, भौतिक पूर्वाधार, वन वातावरण, विज्ञान प्रविधि, स्वास्थ्य, खेलकूद लगायत पक्षमा जोड दिएको छ ।

संघिय सरकारले राजस्व बाँडफाँडतर्फ ७ अर्ब ७० करोड रुपैयाँको सिलिङ प्रदेशलाई पठाएको छ । वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड रुपैयाँ अनुमानित विवरण पठाइएको थियो ।