जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १२:३१

२ दिनमै २५ सयले घट्यो सुनको भाउ, आजको मूल्य कति ?


काठमाडौं, साउन २५ । २ दिनमै सुनको भाउ २ हजार ५ सय रुपैयाँले घटेको छ । आइतबार तोलामा १५ सय रुपैयाँले घटेर ९० हजारमा किनबेच भएको छापावाला सुन आज पनि तोलामा १ हजारले घटेर ८९ हजारमा झरेको हो। तेजाबीको भाउ पनि आज तोलामा १ हजारले घटेर ८८ हजार ५५० रुपैयाँमा झरेको छ ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँमा किनबेच भईरहेको छ । यो हप्ता सुरु भएको दिन हिजो आइतबारबाटै सुनको भाउमा उल्लेख्य गिरावट आउने संकेत देखिएको थियो । गत शुक्रबारको तुलनामा आज सोमबार सुनको भाउ २५ सय रुपैयाँले सस्तिएको छ । अब सुनको भाउमा लगातार गिरावट आउन सक्ने अनुमान गरिएको छ ।