जनता टाइम्स

२५ श्रावण २०७८, सोमबार १५:२५

भुषण दाहालले खोलिदिए माधव नेपालको त्यो कर्तुत


काठमाडौं, साउन २५ । बरिष्ठ पत्रकार भुषण दाहालले एमाले बरिष्ठ नेता माधवकुमार नेपालको बिषयमा तीन रहष्य खोल्दै बिगतको तीतो यथार्थलाई उजागर गरिदिनु भएको छ । टेलिभिजन अन्तवार्तामा अब्बल दाहालले पूर्वराजा ज्ञानेन्द्र र माधव नेपालको फोटो ट्वीट गर्दै माधवले दरवार हत्याकाण्डमा माधवले राजासँग बिसाएको बिन्तीलाई बाहिर ल्याइदिनु भएको हो ।

दाहालका अनुसार माधवले तात्कालिन राजा ज्ञानेन्द्रसँग छानविन समितिमा आफूलाई नछुटाउन बिन्ती हाल्नुभएको थियो । एकादेशमा भन्ने शीर्षमा दाहालले माधवको पोल खोल्दै लेख्नुभएको छ, ‘ दरवार हत्याकाण्ड छानबिन आयोगमा ‘म नछुटौं नि’ भन्ने माधव नेपाल नियुक्त हुने बित्तिकै आयोगबाट बाहिरिए, प्रधानमन्त्रीको दर्खास्त रेशम चौधरीसंगै हाले, राजाको छिनोफानो जनमत संग्रहमार्फत नै हुनुपर्छ पनि भनेका रहेछन, आजको सबै जानकारी छँदै छ ।’ माधव नेपालको चरित्र उजागर गर्न उहाँले यस्तो बिम्ब प्रयो गर्नुभएको हो ।

यस्तो छ दाहालको ट्वीट
एकादेशमा
दरवार हत्याकाण्ड छानबिन आयोगमा ‘म नछुटौं नि’ भन्ने माधव नेपाल नियुक्त हुने बित्तिकै आयोगबाट बाहिरिए, प्रधानमन्त्रीको दर्खास्त रेशम चौधरीसंगै हाले, राजाको छिनोफानो जनमत संग्रहमार्फत नै हुनुपर्छ पनि भनेका रहेछन, आजको सबै जानकारी छँदै छ, राजनीतिमा कसैकसैको भाग्य दह्रो ।