काठमाडौं, साउन २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी भदौ २७ र २८ गते तय गरिएको विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले चार ओटा मस्यौदा समिति गठन गरेको हो ।
बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समिति सदस्यहरुको नाम पेस गर्नुभएको थियो । संयोजक भने यसअघि नै तोकिसकिएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सदस्यीय राजनीतिक प्रतिवेदन मस्यौदा समिति गठन गरेको छ ।
समितिले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ ।
यी हुन चार समिति
१. राजनीतिक प्रतिवेदन मस्यौदा समिति
संयोजक : अध्यक्ष केपी शर्मा ओली
सदस्य
वामदेव गौतम
रामबहादुर थापा बादल
प्रदीप ज्ञवाली
छविलाल विश्वकर्मा
सत्यनारायण मण्डल
विष्णु रिमाल
विन्दा पाण्डे
२ः संगठनात्मक प्रतिवेदन मस्यौदा समिति
संयोजक : महासचिव ईश्वर पोखरेल
सदस्य
विष्णु पौडेल
टोपबहादुर रायमाझी
शंकर पोखरेल
किरण गुरुङ
पद्मा अर्याल
३ः विधान संशोधन मस्यौदा समिति
संयोजक : उपमहासचिव विष्णु पौडेल
सदस्य
सुवास नेम्वाङ
पृथ्वीसुब्बा गुरुङ
लेखराज भट्ट
रघुवीर महासेठ
राधा ज्ञवाली
भानुभक्त ढकाल
प्रभु साह
४ः व्यवस्थापन समिति
संयोजक : रामवहादुर थापा, बादल
सदस्य
मणी थापा
शेरबहादुर तामाङ
सुजिता शाक्य
विनोद श्रेष्ठ
खिमलाल भट्टराई
महेश बस्नेत
पासाङ शेर्पा














प्रतिक्रिया दिनुहोस्