जनता टाइम्स

२ असार २०७६, सोमबार ११:३०

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण सभा सम्पन्न,खुद नाफा १ अर्व


काठमाण्डौ,

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चौथो बार्षिक साधारण ललितपुरको होटल हिमालयमा सम्पन्न गरेकाे छ ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले स्वागत मन्तव्य राख्दै कम्पनीको मूलभूत उपलव्धीहरुको वारेमा प्रकाश पार्नु भएको थियो भने कम्पनीका अध्यक्ष महेश कुमार ग’रागाईंले कार्यक्रमको अध्यक्षता गर्दै आ ब २०७४।७४ मा कूल मूनाफा करीव १‍‍.५% अरव गर्न सफल भएको वित्तीय विवरण स्वीकृतिका लागि बार्षिक साधारण सभामा पेश गर्नु भएको थियो ।

मूलभूत बित्तीय उपलव्धीहरु

• कूल बीमाशुल्क आर्जनः ४ अर्व २३ करोड
• खूद मूनाफाः १ अर्व
• बीमाकोषः १ अर्व ११ करोड
• लगानीः ९ अर्व १९ करोड
• शेयरहोल्डर फण्डः १० अर्व ५१ करोड
• खूद दावी भुक्तानीः १ अर्व ६ करोड
• कूल सम्पत्तीः १३ अर्व ०३ करोड
• प्रति शेयर आयः २०.११

अन्य उपलव्धीहरु

• नेपालको बीमा उद्योगमा निरन्तर दोश्रो बर्ष समेत सवै भन्दा ठूलो करदाता बन्न सफल भएको  छ ।
• का म न पा ३१ मीनभवनमा कम्पनीको ४—१०—०—० क्षेत्रफल भएको जग्गामा कम्पनीको भवन निर्माण कार्यको प्रकृया आरम्भ गरी परमार्शदाता इन्जिनियरिंग अध्ययन संस्थान पुल्चोकबाट भवनको स्वरुप निर्धारण गरिएको छ ।

• एशिया,मध्यपूर्वीय एवं अफ्रिकी मूलुकका ३० भन्दा बढी देशहरुबाट पुनर्बीमा व्यवसाय स्वीकार गर्दै आफ्नो पहुंच पुर्याउन सफल भएको छ ।

• भारतीय बीमा नियमन तथा बिकास प्राधिकरण (Insurance Regulatory& Development Authority of India)बाटबिदेशी पुनर्बीमकको रुपमा सूचीकृत कायम रही उल्लेखनीय पुनर्बीमा व्यवसाय आर्जन गर्न सफल भएको ।

• बीमा समितिबाट व्यवस्था गरिए बमोजिम नेपाल वित्तीय रिपोर्टिंग मापदण्ड अनुरुप आ ब २०७४।७४ को वित्तीय विवरण तयार गर्न सफल भएको ।

• कम्पनीको चुक्ता पूंजी ५ अर्वबाट बढाएर १६ प्रतिशत सर्वसाधारण शेयर सहित १० अर्व कायम गर्न सफल भएको र उक्त १६ प्रतिशत सर्वसाधारण शेयर कायम गर्नका लागि IPO जारी गर्ने तयारीमा रहेको ।
• अन्तर्राष्ट्रिय स्तरको कम्पनीको रेटिंगका लागि आवश्यक गृहकार्यको तयारी भइरहेको ।

• कम्पनीको ५ बर्षे रणनीतिक योजना तयार गरिएको ।

• सफ्टवेयर बनाइ लागू गरिएको ।

• सूचना प्रणाली नीति (IT Policy) तयार गरी लागू गरिएको ।