जनता टाइम्स

२ असार २०७६, सोमबार १२:०४

नविल बैंकले काठमाडौं महानगरपालिकालाई ट्राफिक आइल्याण्डहरुको सौन्दर्यकरणको लागि सहयोग गर्ने


काठमाडौं,

नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिका बीच महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट पूmलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएकँे छ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको प्रवाहित गरी बर्षै भरी पूmल पूmलाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्या सुन्दर शाक्यले नबिल बैंक संगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउन सहयोग पुग्ने बताउनु भएको छ ।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास जनाउनु भयो ।