जनता टाइम्स

२८ श्रावण २०७८, बिहिबार १७:१३

लाज पनि लजाउने भन्दै माधवमाथि खनिए मुमाराम खनाल


काठमाडौं, साउन २८ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रस्ताव लाज पनि लजाउने खालको रहेको भन्दै राजनीतिक बिश्लेषक मुमाराम खनालले कडा आक्रोश पोख्नुभएको छ ।

माधवले एमाले अध्यक्ष केपी शर्मा ओलीकै हैसियतमा अध्यक्ष हुनुपर्ने प्रस्ताव गरेर लाज पनि लजाउने कुरा गर्नुभएको खनालको निश्कर्ष छ । एमालेको एकता भाँडिनुमा माधवकै पद मोह रहेको तथ्य बाहिर आएपछि खनालले सामाजिक सञ्जालमा आफ्नो निश्कर्ष राख्नुभएको छ, ‘साँच्चै भन्नुपर्दा लाजले पनि लाज मान्नुपर्छ ।’

यस्तो छ खनालको टिप्पणी

साँच्चै भन्नुपर्दा लाजले पनि ’लाज’ मान्नुपर्छ । माधव नेपालले केपी ओली बराबरको हैसियतवाला अध्यक्षको त कुरै छोडौं, दोश्रो वरियताको अध्यक्ष बन्नु पनि लाजमर्दो कुरा हो। ओली महाधिवेशनबाट चुनिएका नेता हुन्। एमाले हुने भए धैर्य गरेर नेता मात्र हुनुस । र, पदभन्दा पर एजेण्डाको कुरा गर्नुस ।