जनता टाइम्स

३० श्रावण २०७८, शनिबार २१:१४

डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका यी ९ महिला कलाकार



संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् । पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै ।

सामन्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्यलगायत छन् ।
सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डिभोर्स गर्ने कलाकारको सूचीमा पर्छन् । एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् ।

तर डिभोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् । यी हुन् महिला कलाकारहरु जो डिभोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् र खुसी छन् ।

१ रेखा थाप

नेपाली सिने क्षेत्रमा हिम्मतवाली नायिकाका रुपमा परिचित छिन् रेखा थापा । फिल्मभित्र नायकलाई ओझेल पार्दै उनी नै नायकका रुपमा उभिन्छिन् । निर्देशक छवि ओजासंग विवाह गरेकी थापाको वैवाहिक सम्बन्ध लामो समयसम्म भने टिक्न सकेन् । एक दशक लामो वैवाहिक सम्बन्धलाई ब्रेक लगाएकी रेखा हाल एक्लै बस्दै आएकी छिन् । रेखाले हाल चलचित्र, राजनीतीसाथै सामाजिक कार्यलाई एकै साथ अगाडि बढाउँदै आएकी छिन् ।

२ मनिषा कोइराला

मनिषा कोइराला केहि समयसम्म बलिउडमा नम्बर १ नायिकाको स्थान हासिल गरेकी नायिका हुन् । नेपाली फिल्म फेरि भेटउँलाबाट डेब्यु गरेपनि बलिउडमा भने उनले टप ब्यानरको सौदागरबाट झुल्किने मौका पाइन र उनी त्यहि फिल्मबाट नै रातारात स्टार बनिन् । उनै मनिषाले बिजनेस म्यान सम्राट दाहालसंग विवाह गरेकी थिइन् । तर यो विवाह छोटो समयमा नै पूर्णविराम लाग्यो ।

३ रिमा विश्वकर्मा

नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ता र सुन्दरताका कारण चर्चामा रहन्छिन् । रिमाले अर्को विवाहको बारेमा केहि सोचिनसकेको बताउने गरेकी छिन् ।

४ गौरी मल्ल

गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म अर्को विवाह नगरी एक्लै बस्दै आएकी छिन् ।

५ चुल्ठिम डोल्मा

चलचित्र नोभेम्बर रेन बाट चर्चामा आएकी चुल्ठिमले गाएक धिरज राईसंग विवाह गरेकी थिइन् । चुल्ठिमको बैवाहिक सम्बन्धपनि लामो समयसम्म अघि बढेन् । उनीहरु के कारणले अलग भए भन्नेकुरा खुलाइएको छैन् । हाल उनी एक्लै बस्दै आएकी छिन् ।

६ मौसमी मल्ल

मौसमी मल्ल कुनै समयकी चर्चित नायिका हुन् । उनले १५ वर्ष कै उमेरमा धन विक्रम मल्लसंग विवाह गरेकी थिइन् । विवाह भएको ९ वर्षपछि मौसमीले डिभोर्स गरेकी हुन् । आफ्नो ध्वस्त वैवाहिक जीवन सम्झेर पुन विवाह गर्नेबारे कल्पनासम्म पनि नगरेको उनले बताउने गरेकी छिन् ।

स्पर्श म्युजिक अवार्ड २०२० ब्लबस्टर क्विनको उपाधि तीन दशक अघि देखी कलाकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै कार्यक्रममा मौसमी मल्ललाई सम्मान गरिएको छ । जीवनमा पहिलो पटक सम्मानित गरिएकोमा आफूलाई भाग्यमानी ठानेको र पहिलो समारोहमै आफूलाई सम्झिएर यसरी सम्मान गरिदिएकोमा ९यशराज गराज तथा दिक्पाल कार्की० लाई धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन ।

७ रन्जना शर्मा

नायिका रन्जना शर्माले निर्देशक श्याम भट्राईसंग विवाह गरेकी थिइन् । विवाहपछि रन्जना अमेरिका गइन त्यसपछि उनीहरु टाढा हुँदै गए अन्तत उनीहरु अलग्गिए । रन्जना हाल अमेरिकामै छिन् ।

८अरुणिमा लम्साल

एक समयकी चर्चित नायिका अरुणिमा लम्सालको पनि वैवाहिक सम्बनध टिक्न सकेन् । अमित अर्यालसंग विवाह गरेकी उनले १२ वर्षको वैवाहिक सम्बन्धलाई टुङ्ग्याएकी थिइन् । उनले अभिमन्यु,आफ्नो मान्छे आफ्नै हुन्छ, अग्नि ज्वाला, अनाडी खेलाडी, बुवाआमा, मेरो प्यारो माइतिघर, रामबलराम लगायतका २ दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय चलचित्र क्षेत्रमा नदेखिएपछि उनको चर्चा भने भइरहने गर्छ । विवाहपछि उनी अभिनय क्षेत्रबाट टाढिएकी हुन् ।

९ मिलन अमात्य

मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डिभोर्स भयो ।