काठमाडौं, साउन ३१ । अफगानिस्तान यतिबेला निकै असुरक्षित बनिरहेको छ । तालिवान लडाकू काबुल प्रवेश गरेसँगै त्यहा कार्यरत १४ हजार नेपालीको भविश्य के हुने हो भन्ने चिन्ता सवैतिर छाइरहेको छ । सामाजिक सञ्जालमा नेपालीलाई सुरक्षित स्वदेश फर्काउन माग भइरहेको छ तर सरकार पर्ख र हेरको अवस्थामा रही नेपाली नागरिकलाई नेपाल ल्याउनु पर्दैन भनिरहेको छ ।
बिगतमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भने १२ जना नेपालीको ज्यान जाँदा ठूलै कोकोहोलो मच्चाइएको थियो, हाल सत्तारुढ रहेका दलहरुबाट । तर अहिले भने कुनै सुरसार छैन । ओलीको पहिलो कार्यकाल पाँच वर्षअघि २०७३ असार ६ गते अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी १२ जना नेपाली सुरक्षाकर्मीको ज्यान गयो । सो घटनालगत्तै प्रधानमन्त्री ओलीले तत्काल शव नेपाल ल्याउन निर्देशन दिनुभयो । र, तत्काल नेपाल वायु सेवा निगमको जहाजबाट शव नेपाल ल्याइयो । त्यतिबेला अफगानिस्तानबाट नेपालीको शव ल्याउने कुरा निकै असहज थियो तर सरकारले काम गरेर देखायो ।
त्यसबेला काठमाडौं–काबुल सिधा हवाई सेवा सञ्चालनमा दिएन । काबुलको आकाशमा उड्न अनुमति लिनुपथ्र्यो । प्रधानमन्त्री ओलीको निर्देशनपछि तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले पाकिस्तानका लागि नेपाली राजदूतदेखि अफगानी सरकारसँग विशेष कूटनीतिक पहल गर्नुभयो ।सुरुमा भारत, त्यसपछि अफगानिस्तान र पाकिस्तानको आकाशमा उड्ने अनुमति पायो । सवै कुरा सकाएर नेपाली वायुसेवा निगमको जहाज असार ७ गते मंगलबार बिहान साढे तीन बजे काबुलतर्फ उड्यो । क्याप्टेन श्रवण रिजाल र कोपाइलट सुभाव रिजाले साढे तीन घन्टा उडान गरेर काबुल विमानस्थलमा अवतरण गर्नुभएको थियो । त्यो आफ्नो जिन्दगीकै सबैभन्दा जोखिमपुर्ण अवतरण भएको प्रतिक्रिया क्याप्टेन रिजालले दिनुभएको थियो ।
सो बिमानमा मृतक नेपालीको शवसँगै अफगानिस्तानबाट नेपाल फर्कन चाहने २४ जना नेपालीहरुलाई समेत उद्धार गरिएको थियो । मृतकहरुको शव काठमाडौं ल्याइँदा त्रिभुवन विमानस्थलमा निकै हृदयविदारक दृष्यहरु देखिएका थिए । मृतकजनका आफन्तहरु सम्हालिन सकेका थिएनन् । मृतकलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली आफैं त्रिभुवन विमानस्थल पुग्नुभएको थियो । चुनौतीबीच अफगानिस्तानबाट तत्काल नेपालीको शव ल्याएको थियो त्यसबेला । तर अहिले अफगानिस्तानमा तालिवानी हमला भइरहेको र त्यहाँ रहेका करिब १४ हजार नेपाली उद्दारको पर्खाइमा रहँदा समेत सरकार केही नगरी बसेको छ । उनीहरुलाई उद्दार गर्न नेपाल सरकारबाट ठोस पहल भएको छैन । सरकार चुप बस्दा नेपाली मिडिया पनि चुपचाप बसेका छन ।
यसैलाई मध्यनजर गर्दै पत्रकार रामशरण बजगाईले ट्वीटरमा लेख्नुभएको छ, ‘अफगानिस्तानमा नेपाली मजदुर चढेको बसमा हमला हुँदा ओली सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएर नेपालीलाई स्वदेश फर्काएको थियो, अहिले तालिवानले काबुल कब्जा गर्दा पनि सरकारले नेपालीलाई स्वदेश ल्याउनु पर्दैन भन्छ । ओली सरकारको पालामा नेपाली मिडिया विमान पठाउँदाका कमजोरी खोज्थ्यो, तर अहिले मौन बसेको छ । एजेण्डा सेटिङ ।’
अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारको गैरजिम्मेवारपुर्ण ब्यवहारप्रति चर्काे आक्रोश पोखिएको छ । अफगानिस्तानमा नेपाली मजदुर चढेको बसमा हमला हुँदा ओली सरकारले नेपाल एयरलाइन्सको जहाज पठाएर नेपालीलाई स्वदेश फर्काउन सक्ने तर अहिले तालिवानले काबुल कब्जा गर्दा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपालीलाई स्वदेश ल्याउनु पर्दैन भन्ने कुरा आपत्ति जनक रहेको आम नागरिकको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्