काठमाडौं, साउन ३१ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडनु भएको छ । विद्रोही संगठन तालिवानले धम्की दिएपछि राष्ट्रपति घानीले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडनुभएको छ । पछिल्लो १० दिनमा अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।
तालिवान लडाकु आजै काबुल प्रवेश गरी शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न दवाव दिएको थियो । सो दवावपछि राष्ट्रपति र उपराष्ट्रपति दुवैले देश छाडेको अफगान अधिकारीको भनाई उधृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन ।
प्रतिक्रिया दिनुहोस्