काठमाडौं, साउन ३२ । आज सुनको भाउ घटेको छ । आइतबार तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९० हजार ६ सयमा झरेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर ९० हजार १ सय रुपैयाँमा पुगेको छ ।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा आईपुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७७ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७७ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार २९ रुपैयाँ कायम गरेको छ ।













प्रतिक्रिया दिनुहोस्