जनता टाइम्स

३२ श्रावण २०७८, सोमबार २३:१३

पार्टी एकताका लागि अध्यक्ष ओलीको अन्तिम कसरत सहितको बक्तव्य


काठमाडौं, साउन ३२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकता आहवानसहितको बक्तव्य जारी गर्नुभएको छ । शेरबहादुर देउवा सरकारले एमाले विभाजन गर्ने उद्देश्यले अध्यक्षदेश ल्याउने तयारी गरिरहेकाबेला अध्यक्ष ओलीको बक्तव्य सार्वजनिक भएको हो । सोमबार राति साढे १० बजे जारी भएको विज्ञप्तीमा पार्टीलाई राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न आहवान गरिएको छ ।अध्यक्ष ओलीले संसदको चालू अधिवेशन अन्त्य गरेर सरकारले एमाले विभाजन गर्ने षड्यन्त्र गरेको दाबी गर्नुभएको छ ।