जनता टाइम्स

१ भदौ २०७८, मंगलबार १२:०८

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं, भदौ १ । हिजोको तुलनामा आज सुन, चाँदी दुवैको कारोबार मूल्य बढेको छ । आज सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला ९१ हजार निर्धारण भएको छ। गत आइतबार ९० हजार ७ सय रहेको सुनको मूल्य सोमबार एक सय रुपैयाँ घटेको थियो।

आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको छ। गत आइतबार १२ सय ५ थियो भने सोमबार ५ रुपैयाँ घटेको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७८६।७३ डलरमा कारोबार भइरहेको छ। यसअघि गत आइतबार प्रतिऔंस १७७९।३४ डलरमा कारोबार सोमबार घटेर १७७६।२० डलर भएको थियो। चाँदी आज २३।८९ डलर प्रतिऔंस छ। सोमबार २३।६७ र आइतबार २३।७४ डलरमा कारोबार भएको थियो।