जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १३:३८

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी (बिज्ञप्तीसहित)


काठमाडौं, भदौ २ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा आज सो अध्यादेश जारी गर्नुभएको हो ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । राष्ट्रपति कार्यालयले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत भए दल विभाजन गर्न सकिने व्यवस्था रहेको छ।

पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भइरहेको भए पनि मन्त्रिपरिषदको सिफारिश राष्ट्रपतिले कार्यान्वयन गर्नुभएको हो । सरकारले एमाले बिभाजनमा सहज बनाउन यो अध्यादेश ल्याएको हो ।