जनता टाइम्स

२ भाद्र २०७८, बुधबार १८:१७

माधवको पार्टीमा म छैन, हस्ताक्षर धेरै पुरानो हो : प्रदीप नेपाल


काठमाडौं, भदौ २ । एमाले नेता प्रदीप नेपालले आफू माधव नेपालले गठन गरेको नेकपा एमाले समाजवादीमा नरहेको घोषणा गर्नुभएको छ ।

नेता प्रदीपको समेत नाम केन्द्रीय सदस्यमा राखेर निर्वाचन आयोगमा निवेदन दर्ता भएको बिषयमा जनताटाइम्ससँग कुरा गर्दै उहाँले आफ्नो हस्ताक्षर धेरै पहिलाको रहेको र आफू सो पार्टीमा नरहेको प्रष्ट पार्नुभयो । ‘माधवको पार्टीमा म छैन, मेरो हस्ताक्षर धेरै पुरानो हो, मैले कतै पनि हस्ताक्षर गरेको छैन,’ नेता प्रदीपले भन्नुभयो ।

उहाँले आफू बलियो एमालेको पक्षमा रहेको भन्दै भ्रममा नपर्न पनि सवैलाई अपिल गर्नुभयो । नेता प्रदीपले आफू माधवलाई सम्मान गर्ने भएपनि उहाँको नयाँ पार्टीमा नजाने पनि प्रष्ट पार्नुभयो । माधव नेपालले पार्टी दर्ता गर्दा चौथो नम्बरमा प्रदीपको नाम राख्नुभएको छ ।