जनता टाइम्स

३ भाद्र २०७८, बिहीबार १६:३९

विकासमा लिच्छविकालपछि केपी ओलीको समय स्वर्णयुग : महेश बस्नेत


भक्तपुर, भदौ ३ । एमालेका नेता महेश बस्नेतले विकासको हिसावले लिच्छविकालपछि केपी शर्मा ओलीको प्रधानमन्त्रीको काल स्वर्णयुग रहेको ठोकुवा गर्नुभएको छ छ । भक्तपुरमा आज आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले ओलीले भक्तपुरको विकासका लागि ४ वर्षमा २० अर्बको बजेट पठाएको भन्दै द्रुत गतिमा काम भइरहेको जानकारी दिनुभयो ।

भूकम्पपछि पुनर्निर्माण सकिएको, सम्पदा क्षेत्रमा सडकमा ढुङ्गा छाप्ने काम भएको लगायतका विकासका फेहरिस्त पनि प्रस्तुत गर्नुभयो ।बस्नेतले सभामुख अग्नि सापकोटालाई केपी ओलीले बनाएको सभामुख भन्दै सांसदलाई कारवाही गरेको सूचना छिटो निकाल्न आग्रह गर्नुभयो । जनता समाजवादीले सरिता गिरीलाई कारवाहीका लागि सूचना निकाल्दा १२ घण्टाभित्र सूचना निकालेको, माओवादीका टोपबहादुर लगायतका सांसदहरुलाई कारवाही गर्दा २४ घण्टामा सूचना निकालेको भन्दै बस्नेतले अहिले किन ढिला गरेको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आज सभामुख सापकोटालाई भेटेर एमालेका १४ सांसदलाई कारवाही गरेको सूचना निकाल्न चेतावनी दिएको जानकारी पनि दिनुभयो ।