जनता टाइम्स

२ असार २०७६, सोमबार १६:३८

गुठी विधेयकबारे आजै निर्णय हुने, प्रधानमन्त्री निरन्तर छलफलमा


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ता लिने वा सच्याउने भन्ने विषयमा सरोकारवालासँग छलफल तीव्र पार्नुभएको छ ।

विहान भूमिसुधार मन्त्री पद्मा अर्यालसँग विधेयककाबारेमा सोधपुछ गर्नुभएको थियो । त्यसलगत्तै अपरान्ह काठमाडौं उपत्यकाका नेकपा सांसद, प्रदेश सभा सदस्य, मेयर, उपमेयर र वडाध्यक्षसँग छलफल गर्नुभएको छ । छलफलमा नेकपा नेताहरू माधवकुमार नेपाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र महासचिव बिष्णु पौडेल पनि सहभागी हुनुहुन्छ ।

सरोकारवालासँगको छलफलपछि प्रधानमन्त्रीले आजै विधेयकबारे निर्णय लिने बताइएको छ। पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीमाथि विधेयक स्थगित नभए फिर्ता लिन दवाव परिरहेको छ । गुठी विधेयकबारे प्रधानमन्त्री ओलीलाई भेट्नुअघि काठमाडौं उपत्यकाका नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालसँग छलफल गरेका छन्।