जनता टाइम्स

४ भाद्र २०७८, शुक्रबार १५:२८

कमल थापाले गरिदिए तथ्यसहित प्रचण्डको भण्डाफोर


काठमाडौं, भदौ ४ । राप्रपाका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश लोकतन्त्र जोगाउनका लागि भएको भन्ने प्रचण्डको अभिब्यक्तिलाई लिएर थापाले आपत्ति जनाउँदै कडा टिप्पणी गर्नुभएको हो ।

अध्यक्ष थापाले प्रचण्डको नाम उल्लेख नगरी ट्वीटमार्फत कडा टिप्पणी गर्नुभएको छ । ‘हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन । हाम्रा विरोधी प्रतिगामी र दलाल हुन, लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन, यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज ! विडम्वना !’ थापाले लेख्नुभएको छ ।

बिहीवार आयोजित एक कार्यक्रममा प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश प्रतिगमनका लागि भएको र बर्तमान सरकारले एमाले फुटाउन ल्याएको अध्यादेश संबिधान र ब्यवस्था बचाउन भन्ने अभिब्यक्ति दिनुभएको थियो । थापाले सोही भनाइप्रति कडा टिप्पणी गर्दै प्रचण्डमाथि निकै गम्भीर सवाल उठाउनु भएको हो ।

थापाको ट्वीटमा माओवादीले बिगतमा गरेको सवै अपराधको भण्डाफोर देखिन्छ । मान्छे मार्नेदेखि लडाकू शिविरमा भएको भ्रष्टाचार र अध्यादेश भन्दै थापाले प्रचण्डको बिगतको सवै अपराधको भण्डाफोर गर्नुभएको छ ।