काठमाडौं, भदौ ४ । एमालेबाट अलग भई नयाँ पार्टी गठन गर्दा माधवकुमार नेपालले झलनाथ खनालसहित १३ नेताको हस्ताक्षर किर्ते गरेको तथ्य खुलेको छ । माधवले केन्द्रीय समितिमा राखेपछि आफ्नो प्रतिक्रिया दिँदै खनालसहितका १३ नेताले आफूहरुले हस्ताक्षर नै नगरेको बताएपछि माधवको किर्ते काम बाहिर आएको हो ।
माधवले पार्टी विभाजन गरेसँगै नयाँ पार्टीको केन्द्रीय सदस्यको सूचीमा राखेका खनालसहित १३ नेताले सो पार्टीमा नरहने घोषणा गरिसकेका छन । पार्टीभित्रको अन्तरसंघर्षमा साथ दिए पनि नयाँ पार्टीमा जान नसकिने भन्दै वरिष्ठ नेता खनालसहित १३ जना माधवको विपक्षमा उभिनुभएको हो । एमालेमा खनाल माधव भन्दा बरिष्ठ नेता हुनुहुन्छ । नयाँ दल एमाले समाजवादी राख्नुभएका माधवले सो नामसमेत आजै परिवर्तन गर्नुभएको छ । उहाँले नेकपा एकीकृत समाजवादी राखेर नयाँ दल दर्ताका लागि फेरि निवेदन दिनुभएको हो ।
सो पार्टीको केन्द्रीय समितिमा रहेका वरिष्ठ नेता खनालसहित केन्द्रीय सदस्यहरु प्रदीप नेपाल, नरेश खरेल, भानुभक्त जोशी, कृष्ण खनाल, रविन कोइराला, सुधीर साह, सुरेन्द्र कार्की, सुरेन्द्र मानन्धर, ईन्द्रलाल सापकोटा, टीकाराम खड्का, रमा आले मगर र शिवकुमार गुरुङ विभाजनका विपक्षमा उभिनु भएको छ । यो संख्या अझै बढदै जाने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्