जनता टाइम्स

४ भाद्र २०७८, शुक्रबार १७:१२

तालिवानले गर्यो अफगान प्रहरी प्रमुखको क्रुर हत्या


काबुल, भदौ ४ । अफगानिस्तानका प्रहरी प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई तालिबान लडाकूहरूले हत्या गरेका छन् । तालिवान लडाकूले सत्ता कब्जा गरेसँगै प्रहरी प्रमुखको क्रुरतापुर्वक हत्या गरेका हुन ।

घटनाको भिडियोमा आचाकजाईलाई हात बाँधिएको, आँखामा पट्टी लगाइएको र घुँडा मारेर बस्न लगाइएको देखिन्छ । उनको पछाडि दुईजनाले कुराकानी गरेको सुनिन्छ । सोही बेला बन्दूकमा गोली लोड गरेको आवाज सुनिन्छ । बादगिस प्रान्तका कमान्डर आचाकजाईलाई तुर्कमेनिस्तान सीमा नजिक तालिबानले बन्दी बनाएको बताइएको छ । अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ ।

तालिबानले पुरानो सरकारका मानिसविरुद्ध प्रतिशोध नलिने भनी आश्वस्त गराएको भए पनि धमाधम हत्या गरिरहेका छन् । आचाकजाईलाई थुप्रै गोली हानेर तालिबानले मारेका हुन् ।