जनता टाइम्स

२ असार २०७६, सोमबार १८:२९

अन्तराष्ट्रिय प्रतिनिधिको सहभागितामा इक्यानको १३ औं शैक्षिक मेला असार २६ देखी हुँदै


काठमाडौं,

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले १३ औं शैक्षिक मेला असार २६ देखि २९ सम्म भृकुमण्डपमा हुने भएको छ ।

श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टे«लिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागितामा मेला हुने भएको हो ।

इक्यानका अध्यक्ष विष्णु हरी पाण्डेले शैक्षिक मेलाबाट विधार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सहि जानकारी र परामर्श पाउन् भन्ने अपेक्षा रहेको बताउनु भएको छ ।

नेपाली विधार्थीहरुलाई स्वदेशी तथा विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नु मेलाको प्रमुख उद्देश्य रहेको पाण्डेले बताउनु भयो ।